Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बौद्ध विहार संघ ललितपुरले दुई दिने बौद्ध संगोष्ठी गर्नेे

बौद्ध विहार संघ ललितपुरले दुई दिने बौद्ध संगोष्ठी गर्नेे

  • ललितपुर/ ‘‘नेपाल मण्डलको बहाः बहीको इतिहास, संस्कृतिक र अभ्यास’’ बिषयक बौद्ध संगोष्ठी हुने भएको छ ।  आज विहिबार ललितपुर महानगरपालिका पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा पत्रकार सम्मेलन गरी यही फागुन २१ र २२ गते बौद्ध विहार संघ, ललितपुरको उक्त गोष्ठी हुन लागेको जानकारी गराइएको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपालमण्डलका बहाःबही सम्बन्धि बिषयमा विगतदेखि अनुसन्धानमा लागिरहेका अनुसन्धानकर्ताहरूको एक प्राज्ञिक सम्मेलन गरी बहाः बही सम्बन्धि व्यापक अन्तक्र्रिया होस् भने उद्देश्यले बौद्ध विहार संघले वौद्ध संगोष्ठी आयोजना गर्न लागेको जनाइएको छ । गोष्ठीको उद्घाटन ऊर्जा मन्त्री पम्फा भुसालबाट हुने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । 

    AGNI GROUP

    बौद्ध विहार संघ ललितपुरका प्रकाशन समितिका संयोजक गौतम मुनी बज्रचार्यको संयोजकत्वमा हुने वौद्ध संगोष्ठीको पहिलो दिनको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता प्रा.डा. त्रिरत्न मानन्धरले गर्नेछन् भने दोसो सत्रको अध्यक्षता प्रा.डा. बज्रराज शाक्यले गर्नेछन् । त्यस्तै संगोष्ठीको दोस्रो दिनको पहिलो सत्रको अध्यक्षता प्रा.डा. रञ्जना बज्राचार्यले गर्नेछिन् भने दोस्रो सत्रको अध्यक्षता प्रा.डा. मिलनरत्न शाक्यले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

    दुई दिनसम्म चल्ने यस संगोष्ठीबाट आएका सुझावहरु, छलफलका निष्कर्षहरुलाई समेटेर नेवाः नेपाली र अंग्रेजीमा भाषामा समेत पुस्तक प्रकाशित गरी दस्तावेजिकरण गर्ने संगोष्ठीका संयोजक गौतम मुनि बज्राचार्य जानकारी गराए । संगोष्ठीका संयोजक बज्राचार्यले वौद्ध संगोष्ठीमा विदेशी पाहुनहरूले पनि भाग लिने जानकारी गराए ।

    दुई दिनसम्म चल्ने कार्यक्रममा लिच्छिविकालीन नेपालमण्डलमा बहाःबहीको अवस्था, मध्यकालीन नेपालमण्डलमा बहाःबहीको अवस्था, नेपालमण्डलका बहाःबहीमा प्रचलनमा रहेको त्रियान परम्पराको दार्शनिक पक्षलगायत १० वटा फरक फरक कार्यपत्रहरुमाथि छलफल तथा बहस हुने ज्ञानेन्द्र शाक्यले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट