Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । त्रिभुवन विश्वविद्यालय त्रिवि ले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन खुलाएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी,व्यवस्थापन,विज्ञान र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने व्यावस्थापन,विज्ञान र शिक्षा शास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं। १६९३० अनुसार तीन बर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको जनाएको छ ।
स्नातक तह तीन ,चार वर्षे दोस्रो वर्षका स्नातक तर्फका नियमित, आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पसरकलेजमा र प्राईभेट परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल पौष ०९ गते देखि २०७७ माघ ०८ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ ।
सूचना सहित :

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij