
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ ।बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरे पनि प्रदर्शन सुरु गर्ने मिति र प्रदर्शनको स्वरुपका विषयमा टुंगो लगाउन सकेको थिएन । यी विषयमा आजको बैठकले निर्णय गर्ने जनाइएको छ ।
संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीच भने मतभेद देखिएको छ । नेता पौडेलले तत्काल आन्दोलनमा जानुपर्नेमा बताइरहँदा देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।
हिजोको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij