Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रुसकाे आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

रुसकाे आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

  • काठमाडौँ । रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधारण रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

    images
    images
    images

    युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। युक्रेन र रुसबीचको द्धन्द्धले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

    रुसी सेनाले बिहीबार उत्तरी युक्रेनको प्रिप्याट सहर नजिक रहेको चेर्नोबिल आणविक उर्जा केन्द्रलाई नियन्त्रणमा लिएको छ । रुसी संसदले ट्वीट गर्दै यो जानकारी दिएको हो । 

    बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij