
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही सुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।
गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।
नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij