Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एक वर्षीया बालिकाको डुबेर मृत्यु

एक वर्षीया बालिकाको डुबेर मृत्यु

  • काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकामा आज बुधवार पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने राजु रामकी छोरी एक वर्षीया अस्मिता कुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन ।

    images
    images
    images

    दिउँसो करिब २ बजेतिर आफ्नै घरको आँगनमा घस्रेर खेल्दै गरेकी बालिका घर अगाडि रहेको खानेपानी चापाकलको खाल्डोमा जमेको पानीमा घस्रदै गएर डुबेपछि उनको मृत्यु भएको हो । पानीमा डुबेर गम्भीर भएकी बालिकालाई परिवारजनले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij