
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । आज सातको चौथो दिन बुधबार नेप्से सूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा अडिएको छ । १३ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन १३ मध्ये २ वटा समूह मात्र हरिया भएका छन् । २२८ कम्पनीको ६२ लाख ४७ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।
१९ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा घलेम्दी हाइड्रोपावर र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij