Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केवल सम्झनामा लोकप्रिय कलाकार जयनन्द लामा....! 

केवल सम्झनामा लोकप्रिय कलाकार जयनन्द लामा....! 

  • ललितपुर । नेपाली कलाकारिता जगतले सधैँ सम्झिरहने नाम हो जयनन्द लामा । अभिनय, गायन, तथा हाँस्य क्षेत्रमा छुट्टै छाँप छाडेका उनको आज बिहान करिब २ बजे आफ्नै निवासमा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुरस्थित आफ्नै घरमा कारबाट ओर्लिने क्रममा लडेर निधन भएका कलाकार लामा करिब पाँच दशक अघिदेखि नेपाली कलाकारिता जगतमा सक्रिय रहेर अतुलनीय योगदान पुर्‍याएका छन् । उनले दुई सय भन्दाबढि लोक तथा दोहोरी गीत गायका छन् भने थुप्रै गीति नाटक, टेलिसिरिएल र चलचित्रमा जीवन्त अभिनय गरेका छन् । 

    AGNI GROUP

    जीवन्त अभिनय, हसिलो बोली तथा सुन्दर स्वरका धनि ६६ वर्षीय लामाले सारा नेपालीलाई शोकमा डुबाएर स्वर्गारोहण भए । विसं २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा सानैदेखि गायनमा रुचि राख्थे । सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुने उनी गाउँमा हुने हरेक जात्रा, पर्वमा साथीहरुसँग एकजुट भएर रमाउँथे । 

    २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि नेपाली चरित्र अभिनयमा सक्रिय थिए । लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका उनले गाउँने गरेका हरेक गीतमा लोक संकृति र लोक कला झल्किएको पाइन्छ ।

    नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीतले उनलाई झनै परिचित बनायो । यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका लोकप्रिय गीतले उनको कलालाई झनै उचाइ दिएका हुन् ।  

    एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो लोक स्टारको निर्णायक मण्डलमा रहेका उनले राम्रो निर्णायक भूमिका समेत सबैलाई देखाए । चलचित्रमा कमेडियन चरित्र निभाउन खप्पिस लामाको जीवन अत्यन्तै दुःखदायी अवस्थामा बित्यो । अन्तिम अवस्थामा आर्थिक समस्यासँग जुध्नु पर्‍यो ।

    उनको निधनको खबरले यतिबेला कलाकारिता तथा सांगीतिक क्षेत्रमा ठूलो आघात पुगेको छ । उनका शुभचिन्तक, सहकर्मी तथा दर्शक/स्रोताले यतिबेला सामाजिक सञ्जालमा उनको तस्बिर राख्दै दुःख व्यक्त गरेका छन् । 

    चलचित्र छक्कापञ्जामासमेत अभिनय गरेका लामाको निधनको खबरले आफू निकै दुखी भएको बताउँछन् कलाकार तथा निर्देशक दिपकराज गिरी । उनी लेख्छन्.....

    Screenshot (11).png

    यस्तै हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले  पनि दुःख व्यक्त गरेका छन् । उनी लेख्छन्,‘आदरणीय वरिष्ठ कलाकार जयनन्द लामा दाइ प्रति हार्दिक श्रद्धाञ्जली !! स्वर्गमा बास होश!!’

    कलाकार केदार घिमिरे लेख्छन्,....

    Screenshot (10).png

    यसरी जीवन्त कला तथा सांगीतिक छाँप छाड्न सफल हाँस्य कलाकार लामाका यादहरुले सधैँ हसाउने भएपनि उनको निधनको खबरले सारा नेपालीलाई रुवायो । केवल सम्झनामा मात्र रहेका कलाकार तथा गायक लामाप्रति अनलाइन पत्रिका परिवारको तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट