
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैँ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
पेट्रोपोलिस नगरपालिकामा जारी बाढीमा परेर कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । माटोमा पुरिएका मानिसहरूको खोजीमा उद्धार टोलीहरू दिनरात खटिरहेका छन्, अहिलेसम्म २४ जनाको उद्धार गरिएको छ ।
स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij