
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाै । २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको लोनियन समुद्रमा जहाजमा आगालागी भएको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।
यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij