
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडाैँ । पहिलो पटक अमेरिकामा एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । न्यू योर्ककी बिरामी ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया) को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ ।
न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको डेली मेलले जनाएको हो ।
उनी एचआईभीमुक्त हुने चौथोँ व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij