
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडाै । चुनावकै लागि भनेर विवाह मन्डपबाट बेहुलादेखि आमा बाबुको दुःखमा बसेका क्रियापुत्री मतदान गर्न जान्छन् ।
तर, एक नयाँ दिल्लीको एपोलो अस्पतालमा आइसीयू वार्डमा भर्ना भएका मुकेश त्यागी मतदानकै लागि १०० किलोमिटर यात्रा गरेर बुलेन्डशार जिल्लाको एउटा मतदान केन्द्रमा मतदान गर्न पुगेका छन् । अक्सिजन सिलिन्डर, औषधि, नेबुलाइजरलगायतका आवश्यक स्वास्थ्य सुविधासँगै उनी मतदान केन्द्र लगिएको थियो ।
मतदानका लागि उनले व्यक्तिगत रुपमा ट्रली व्यवस्था गरेका थिए । मतदान केन्द्रसम्म जानका लागि सम्पूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न उनले चिकित्सकलाई अनुरोध गरेका थिए । बिहीबारदेखि सुरु भएको उत्तर प्रदेशको विधान सभा निर्वाचनमा मतदान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij