
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । २२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड ‘आइफा अवार्ड २०२२’ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ ।
अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन् ।
यसपटकको अवार्ड भारत स्वतन्त्रताको ७५औँ उत्सव र युएईसँगको भारतको दौत्य सम्बन्धको गोल्डेन जुब्लीलाई समर्पित गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij