
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । निर्वाचनका बेला वाम गठबन्धनको घोषणापत्रमा छिमेकी मुलुकदेखि प्रमुख राजमार्ग र उपत्यकामा पाँच वर्षभित्रै तीव्र गतिका रेल चलाउनेसम्मका योजनालाई प्राथमिकतासाथ अघि सारिएको थियो । तर अहिलेसम्म तीव्र गतिका रेल सञ्चालन परको कुरा, तीन महिनाअघि ल्याइसकिएका दुई वटा सेट रेलसमेत थन्किएर बसेका छन् ।
जयनगर–जनकपुर खण्डमा सञ्चालन गर्न भनेर भारतबाट ल्याइएका रेल कानुन नभएकै कारण अलपत्र छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि रेल विधेयक पास हुन नसक्ने देखिएको छ । यसको सञ्चालन मिति अझै धकेलिने भएको छ । सञ्चालनको अन्तिम तयारीमा समेत अवरोध पुगेको रेलजस्तै अब अर्थतन्त्र र विकासमा बाधैबाधा पर्ने देखिएको छ ।
अर्थतन्त्रसँग सम्बन्धित करिब दुई दर्जन विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । जसले अर्थतन्त्रको समग्र सुधार र अगाडि लैजान भूमिका खेल्ने अनुमान थियो । ‘पछिल्लो राजनीतिक घटनाले समग्रमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । खासगरी अनिश्चितता बढ्छ,’ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, ‘निर्वाचन हुने भयो भने सरकारले आफ्नो आर्थिक स्रोत, सुरक्षालगायत सम्पूर्ण ध्यान त्यता केन्द्रित गर्नुपर्छ । त्यसकारण आर्थिक विकासको प्राथमिकता नै परिवर्तन हुन्छ ।’
कान्तिपुर दैनिकमा समाचार छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij