
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडाैँ । नेपाल टेलिकम (एनटीसी)ले आफ्नो वार्षिकोत्सवको अवसरमा एनटी ‘एनिभर्सरी’अफर सञ्चालनमा ल्याएको छ । माघ २२ गते कम्पनीले १८ औँ वार्षिकोत्सव मनाउँदै छ ।
अफरमा ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा खरिद गर्न सक्नेछन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
साथै, ९८ रुपैयाँमा ६ जीबी डेटा प्राप्त गर्न सक्ने र त्यो ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने जानकारी दिइएको छ ।
यो योजना फागुन ३ सम्म कायम रहनेछ । एनटीसीका ग्राहकले *१४१५*११# डायल गरेर वा एनटी एपमार्फत यो अफर खरिद गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij