Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

आज देशका केही स्थानमा वर्षा र हिमपात हुने

आज देशका केही स्थानमा वर्षा र हिमपात हुने

  • काठमाडाैँ । आजदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन्।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    images

    यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

    यस्तै राति देशका धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ।

    शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरुपमा सुधार हुने महाशाखाले औँल्याएको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij