Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

लकडाउन अस्वीकार

लकडाउन अस्वीकार

  • श्रीलंकामा कोरोना भाइरस संक्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई भने तीव्रता दिन सुझाव दिएका हुन् । 

    खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरुलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको थियो ।
     
    उनीहरूले सामाजिक दूरी कायम गर्नुपर्ने, भीडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन् ।  
     
    सन् २०२० को मार्चदेखि अहिलेसम्म श्रीलंकामा ६ लाख ११ हजार १८५ जना कोरोना भइरसबाट संक्रमित भएका छन् । तीमध्ये १५ हजार ४४१ जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij