
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ।
गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
‘अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,’ संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’ कलाकारले प्रयोग गर्ने शब्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’
‘पैसा’ म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij