
Apr 18 2025 | २०८२, वैशाख ५ गते
चर्चित भारतीय रियालिटि सो बिग बोस सिजन-१५ को उपाधि तेजस्वी प्रकाशले जितेकी छन् । प्रतीक सहजपाल फस्ट रनरअप र करण कुद्रा सेकेन्ड रनरअप भएका छन् ।
कलर्स टिभीमा प्रसारण भएको उक्त सोको फाइनलमा करण कुन्द्रा, तेजस्वी प्रकाश, प्रतीक सहजपाल, शमिता शेट्टी र निशान्त भाट पुगेका थिए ।
उपाधि हासिल गरे सँगै तेजस्वीलाई सुपरनेचुरल सिरिज नागिनको नयाँ अनुहारको रूपमा पनि प्रकट गरिएको थियो ।
सबै शीर्ष पाँच फाइनललाई १० लाखको मूल्यको साथ एक सूटकेस प्रस्ताव गरिएको थियो । उपाधिसँगै तेजस्वीले पुरस्कार स्वरूप ४० लाख प्राप्त गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij