
Apr 19 2025 | २०८२, वैशाख ६ गते
संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको जनाईएको छ ।
यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।
सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई ।
भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij