Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

  • एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–३ को बराबरीमा रोकेको हो ।

    images
    images
    images

    दशौँ मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । १४ औँ मिनेटमा आर्सनलका लागि आरोन रामसीले बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि लिभरपुलका फिरमिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–१ को अवस्थामा पुग्यो ।

    ६ मिनेटपछि ओलिभर जिरउडले आर्सनलका लागि बराबरी गोल गरे । पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा ५५ औँ मिनेटमा जिरउडले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले ३–२ को अग्रता लियो । अन्तिम समयमा लिभरपुलका जो एलनले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो ।

     लिभरपुलले दश खेलाडीमा सिमित आर्सनललाई पराजित गर्न सकेन । खेलको २४औँ मिनेटमै आर्सनलका ग्रानिट शाकाले रेड कार्ड पाएका थिए । 

    बराबरीपछि शीर्ष स्थानको आर्सनलको २१ खेलबाट ४३ अंक छ भने समान २१ खेलबाट ३१ अंक जोडेको लिभरपुल नवौं स्थानमा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij