
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौँ। चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद्ले काठमाडौँसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij