Jun 04 2026 | २०८३, जेठ २१ गते
नोकियाले सन् २०२२ मा पाँचवटा नयाँ मोडलको फोन सार्वजनिक गर्दैछ। कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ (कन्ज्युमर इलेक्ट्रोनिक्स सो) मा उक्त घोषणा गरेको हो।
कम्पनीले छिट्टै नोकिया जी-४०० सार्वजनिक गर्ने बताएको छ, जसको मूल्य २८ हजार रुपैयाँ हुने अनुमान छ। यो फोनले ५-जी सपोर्ट गर्नेछ। त्यस्तै, सार्वजनिक हुने फोनमध्ये ४-जी सपोर्ट गर्ने जी-१०० पर्ने बताएको छ। यसको मूल्य १४९ अमेरिकी डलर पर्ने अनुमान छ।
त्यस्तै, सिनेटका अनुसार कम्पनीले नोकिया सी-२००, सी-१०० र रेट्रो नोकिया २७६० फ्लिप सार्वजनिक गर्नेछ। यसमध्ये सबैभन्दा सस्तो मोडल सी-१०० हुनेछ जसको मूल्य जम्मा ९९ अमेरिकी डलर हुने अनुमान छ।
नोकियाको २७६० फ्लिप भने पुरानो फोनको डिजाइनमा हुनेछ जसको मूल्य अमेरिकामा ७९ डलर अर्थात् झन्डै १० हजार रुपैयाँ हुने बताइएको छ। २७६० फ्लिप र नोकिया सी-१०० अबको दुई महिनाभित्र सार्वजनिक हुने अनुमान छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij