
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । रोयल नेपालगञ्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलले नेपालगञ्ज–११ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
रोयलको जितमा सञ्जय थापाले उत्कृष्ट प्रदर्शन गरेका थिए । थापाकै दुई गोलले रोयलले उपाधि जितेको छ ।
नकआउट प्रतियोगितामा जिल्लाका पाँचवटा क्लबले भाग लिएका थिए । प्रतियोगिताको विजेता रोयलले अर्को वर्ष जिल्ला लिग खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij