
Apr 22 2025 | २०८२, वैशाख ९ गते
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक/एक गोल गरेका थिए । सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । यस बराबरी खेलसँगै अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अंक जोडेर अंक तालिकाको आठौँ स्थानमा पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij