Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

  • गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताउनुभयो हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठेरो हुने गरेको छ ।”

    onlinepatrika
    Arghakhachi

    शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । 

    AGNI GROUP

    वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत
    बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

     “बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन्”, स्थानीयवासी जनक कार्कीले भन्नुभयो, “अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन ।”

    शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐर बालविकास केन्द्रको अवस्थाबारे हालसम्म कुनै पनि निकायबाट जानकारीसम्म पाउन नसकेको बताउनुहुन्छ । “बालविकासको भौतिक पूर्वाधार निर्माण, फर्निचर आवश्यक शैक्षिक सामग्रीका लागि प्रस्ताव आएमा आवश्यक बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो



    प्रतिकारत्मक तस्विर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट