
Jul 03 2025 | २०८२, असार १९ गते
चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ। भविष्यमा स्वच्छ ऊर्जाका लागि कृत्रिम सूर्यको परीक्षण गरेको हो।
एक्सपेरियन्सल एडभान्स सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो।
पछिल्लो परीक्षणले वैज्ञानिकहरूलाई ‘असीमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरूले बताएका छन्।हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यको भन्दा पाँच गुणाभन्दा बढी बनाइएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij