Jun 04 2026 | २०८३, जेठ २१ गते
मेडिकल कलेजले गैह्रकानुनी शुल्क लिएपछि विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।
सरकारले तोकेको शुल्कभन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुलेपछि काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
आज पीडित विद्यार्थीहरुले बानेश्वरमा जुलुश प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीका अनुसार एक महिना बितिसक्दा पनि सरकारले केहि याक्सन नलिएपछि पीडित विद्याथीले सरकारलाई दबाब दिन बानेश्वरमा जुलुश प्रदर्शन गरेका छन्।
उनले भने,’ गैह्रकानुनी शुल्क फिर्ता नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ । रिलेअनशन र कोणसभालाई निरन्तर जारी राख्छौं ।“
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij