
Apr 22 2025 | २०८२, वैशाख ९ गते
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाउनुभएको छ ।
नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । खेल आगामी माघ १५ र १८ गतेका लागि तय भएको प्रशिक्षक अब्दुलाह बताउनु भयो ।
छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट र बिमल घर्तिमगर रहेका छन् ।
त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई र तेज तामाङ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij