
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ । यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् ।
डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij