
Apr 19 2025 | २०८२, वैशाख ६ गते
भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका बन्दी नागरिक र मछुवाराको सूची आदान–प्रदान गरेका छन् । सन् २००८ सम्झौताको प्रावधानअनुसार भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका नागरिक कैदी र मछुवाराको सूची आदान–प्रदान गरेका हुन् ।
भारतले पाकिस्तानलाई दुई भारतीय नागरिक बन्दी र ३ सय ५६ भारतीय मछुवारा रिहाइ गरी फिर्ता पठाउन आग्रह गरेको छ । यसका साथै १ सय ८२ जना भारतीय मछुवारा र १७ जना नागरिक बन्दीलाई तुरुन्त वाणिज्यक दूतको सुविधा प्रदान गर्न पनि पाकिस्तानलाई भारतले आग्रह गरिएको छ ।
भारतले २ सय ८२ जना पाकिस्तानी नागरिक बन्दी र भारतको हिरासतमा रहेका ७३ जना मछुवाराको सूची पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij