
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु टोली चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोली २–२ को बराबरी खेलेका हुन् ।
खेलको नवौँ मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा मोहम्मद सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
४२ औँ मिनेटमा चेल्सीका माटियो कोभासिसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको थप गरिएको समयमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई २–२ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसक्दा दुवैले अंक बाँडे ।
यो बराबरीसँगै चेल्सी २१ खेलमा ४३ अंक जोडेर दोस्रो तथा लिभरपुल २० खेलमा ४२ अंकका साथ तेस्रो स्थानमा यथावत छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij