
Apr 02 2025 | २०८१, चैत २० गते
कक्षा १२ र विद्यालयलाई आलोपालो गर्दै संचालनको अनुमति
‘मन्त्रिपरिषदको मिति २०७७/६/२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्याढाँचामा भनिएको छ ।
काठमाडौं । सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ । लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो । अब विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहले पाएको छ ।
‘मन्त्रिपरिषदको मिति २०७७/६/२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्याढाँचामा भनिएको छ । मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि, पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ । कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij