
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडाैँ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
काठमाडाैँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाडाैँकाे अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो ।
आज भने दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यस्तै, आज काठमाडाैँमा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij