Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

 राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिकोे बधाई 

 राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिकोे बधाई 

  • काठमाडौं । बङ्गलादेशको ढाकामा भएको सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।
     
    उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिनुभएको छ । 

    images
    images
    images

    उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र नेपालीको शिर उँचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडी, टिम म्यानेजर तथा नेपाल भलिबल सङ्घका पदाधिकारीलाई बधाई दिनुभएको छ ।  

    images

     उहाँले राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीमा धन्यवाद ज्ञापन गर्नुभएको छ । “भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभई हिमाल, पहाड र तराईका टोलटोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो, नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधि अभूतपूर्व, अनुपम एवं प्रशंसनीय छ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij