
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । भारतको कानपुरस्थित अत्तर व्यवसायी पियुष जैनलाई कर छलीको आरोपमा पक्राउ गरिएको छ ।
जीएसटी इन्टेलिजेन्स महानिर्देशनालयका अनुसार उनको घरबाट १ अर्ब ८७ करोड भारतीय रुपैयाँ बरामद गरिएको थियो । यसअघि शनिबारसम्म १ अर्ब ७७ करोड रुपैयाँ बरामद भएको जानकारी दिइएको थियो । थप १० करोड आइतबार भेटिएको हो ।
उनको घर र कारखानामा पछिल्ला केहीँ दिनदेखि केन्द्रीय एजेन्सीले छापा मारेर अर्बौं नगद बरामद गरेको थियो । बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो ।
जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij