Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेन्ट्रल जोन भलिबलमा नेपालको तेस्रो जित

सेन्ट्रल जोन भलिबलमा नेपालको तेस्रो जित

  • काठमाडौँ । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपाल फाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    आइतबार उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम लिग खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो । 

    नेपालले यसअघि श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने माल्दिभ्स र बंगलादेशलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

    आइतबारै भएको खेलमा श्रीलंकाले घरेलु टोली बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकालेको छ ।

    अब सोमबार श्रीलंका र उज्वेकिस्तानबीच हुने खेलको विजेता फाइनल प्रवेश गर्नेछ । नेपालले सोमबार लिगको अन्तिम खेल कीर्गिस्तानसंग खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij