Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

  • काठमाडाैँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने भएका छन्।

    images
    images
    images

    पहिलो सेमिफाईनलमा सुदूपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ उपाधि नजिक पुगेको हो। दोस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले हराएर फाइनलमा प्रवेश गरेको हो।
    प्रतियोगितामा अपराजित रहेको प्रदेश १ ले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई  १६० रनले हरायो। दोस्रो खेलमा बागमती प्रदेशको चुनौती ५५ रनले पन्छायो। यस्तै समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै सेमिफाइनलमा यात्रा तय गरेको थियो। 

    images

    यस्तै विभागीय टोलीले पनि अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो। पहिलो खेलमा प्रदेश १ लाई ४८ रनले हरायो। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हरायो भने समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ११७ रनले पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।  

    प्रतियोगिताको विजेताले नगद ५ लाख, दोस्रोले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij