
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडाैँ । काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरुवाती अग्रता लिएका हुन्।
देउवाले ३८७ मत ल्याउँदा शेखर कोइरालाले २९५ मत ल्याएका छन्। त्यस्तै प्रकाशमान सिंहले ६६, विमलेन्द्र निधिले ४२ र कल्याण गुरुङले ३ मत ल्याएका छन्। हालसम्म ८ सय मत गणना भइसकेको छ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij