
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । जलश्रोत मन्त्री पम्फा भुषालले पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । जलस्रोत मन्त्री भुषालले पशुपतिस्थित क्रियापुत्री भवन पुगेर नेपाल सरकारको विपद राहत कोष मार्फत आठ लाख पचास हजार हस्तान्तरण गर्नुभएको हो ।
यसैगरि, दक्षिणकाली गण सातदोबाटो सशस्त्र बलबाट संकलन भएको तीस हजार नगद, चामल ६ बोरा, कम्मल ३, स्लिपिङ्ग व्याग २ र ब्लाङ्केट ५ पनि हस्तान्तरण गरिएको छ । सशस्त्र बल सातदोबाटोका प्रमुख एसपी किरण ढुंगानाको पहलमा गणभित्रका सशस्त्र प्रहरीहरुबाट आर्थिक सहयोग संकलन भएको थियो ।
पीडित परिवारलाई सहानुभूति दिन ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायपनि पुगेका थिए ।
यो पनि पढ्नुस्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij