
Jun 26 2025 | २०८२, असार १२ गते
शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
तनहुँ । बाघको छालासहित तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो । व्यास नगरपालिकाका अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिकाका ३२ वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij