Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

दमकल खरिदमा मन्त्रीको कमिसनको चक्कर

दमकल खरिदमा मन्त्रीको कमिसनको चक्कर

  • जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

    images
    images
    images

    जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ । सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७र०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

    images

    वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेको छ ।

    खरिद गरिएको लामो समय सम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनाशर्त लिन अस्वीकार गरेपछि बर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीयतहलाई बुझाउने तयारी गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij