Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

छुवाछुतमुक्त अभियान अन्तर्गत दलितकै नाममा दनादन

छुवाछुतमुक्त अभियान अन्तर्गत दलितकै नाममा दनादन

  • धुवाँरहित आधुनिक फलामे चुल्हो वितरण गर्ने भनि सम्झौता गरिएपनि टिनको कमसल खालको चुल्हो वितरण गरिएको हो ।

    images
    images
    images

    जाजरकोट । भेरी नगरपालिका कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएको धुवाँरहित चुल्हो खरिदमा अनियमितता भएको पाइएको छ । धुवाँरहित आधुनिक फलामे चुल्हो वितरण गर्ने भनि सम्झौता गरिएपनि टिनको कमसल खालको चुल्हो वितरण गरिएको हो ।

    images

    पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्तर्गत चुल्हो किनेर वितरण गरिएको थियो । टिनको चुल्हो भएकोले बाल्ने वित्तिकै निकै तातिने र टुट्ने थालेपछि भएपछि प्रयोग गर्न छोडेको स्थानीय दलबहादुर कामीले बताए  ।

    चौरजहारीमा १७ सय पर्ने चुल्होलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश भएको दाबी गरिएको छ । भेरी नगरपालिकाले चुल्होे खरीद र वितरणका लागि कटीगाँउ कृषक समूहसँग सम्झौता गरेको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । समितिका अध्यक्ष नरबहादुर आफूलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर ठग्ने कार्य भएको उनको दाबी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij