
Jun 26 2025 | २०८२, असार १२ गते
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको जनाएको हो ।
काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ । शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको हो ।
त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको समेत जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij