
Jun 26 2025 | २०८२, असार १२ गते
केही महिनादेखि प्रहरी हुँ भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो ।
कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काउने आरोपमा एकजनालाई पक्राउ गरेको छ । सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काएपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भगवानपुरका आसिक अलि मुसलमान रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।
मुसलमानले आफू घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई धम्काउने, पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । केही महिनादेखि प्रहरी हुँ भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij