
Jun 26 2025 | २०८२, असार १२ गते
दुधे बालकसहित नाइट बस चढेर नेपालगञ्ज जानेक्रममा काखमा बच्चा च्यापेकै अवस्थामा प्राण त्यागेकी धर्माकुमारी र उनकै काखमा बसिरहेका बालकको तस्विरलाई कलाकार चार्ली बानियाँले चित्रमा उतारेका छन् ।
खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनकै ३२ महिने छोराको सो तस्बिरले दुनियाँलाई भावुक बनायो र बनाइरहेको छ ।
आफ्नै उपचारका लागि ३ भदौमा दुधे बालकसहित नाइट बस चढेर नेपालगञ्ज जानेक्रममा काखमा बच्चा च्यापेकै अवस्थामा प्राण त्यागेकी धर्माकुमारी र उनकै काखमा बसिरहेका बालकको तस्विरलाई कलाकार चार्ली बानियाँले चित्रमा उतारेका छन् ।
भक्तपुर निवासी कलाकार बानियाँले खोटाङका युवा नेता बम बानियाँको आग्रहमा मृत धर्माकुमारी र उनकै काखमा सुतिरहेका बालकको तस्विरको चित्र कोरेका हुन् । छवाली आर्टमा दख्खल राख्ने कलाकार बानियाँले बसको सिटमा प्राण त्याग गरिसकेकी आमा र उनकै काखमा सुतिरहेका बच्चाको तस्बिरलाई चित्रमा दुरुस्त उतारेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij