Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पत्नीमाथि एसिड प्रहार गर्ने 'पापी' पति

पत्नीमाथि एसिड प्रहार गर्ने 'पापी' पति

  • सञ्जीवले पत्नी आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

    images
    images
    images

    जनकपुरधाम । पत्नीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई कैदसहित ६ लाख ५० हजार जरिवाना र त्यतिकै रकम क्षतिपूर्ति दिलाउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

    images

    सञ्जीवले गत कात्तिकमा दिपावलीका दिन पत्नी आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरतीको अनुहारमा घाउ हुनुका साथै दाहिने आँखा गुमेको थियो । दाहिने छातिलगायत अंगमा पनि गम्भीर असर परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij