काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।