
May 16 2025 | २०८२, जेठ २ गते
स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि उमेश श्रेष्ठले भने, 'जहाँसम्म मलाई लाग्छ अहिलेको सबैभन्दा आवश्यक भनेको खोप हो । खोपको व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ ।’
काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले काम गर्ने बताएका छन् । स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि राज्यमन्त्री श्रेष्ठले भने, 'जहाँसम्म मलाई लाग्छ अहिलेको सबैभन्दा आवश्यक भनेको खोप हो । खोपको व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ ।’
राज्यमन्त्री श्रेष्ठले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको प्रतिक्रिया दिँदै भने, ‘नेपालको स्वास्थ्य सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयलाई म एकदमै प्राथमिकता दिएर काम गर्ने छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij