
May 16 2025 | २०८२, जेठ २ गते
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उनीहरु झिटीगुण्टा बोकेर भोलिपल्ट आफ्नै घर र डेरा सरेका हुन् ।
काठमाडौं । मंगलबार साँझदेखि पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएपछि मन्त्री क्वार्टरमा डेरा जमाएर बसेका भूतपूर्व मन्त्रीहरुले अघिल्लो बिहीबारदेखि पुल्चोकस्थित मन्त्रीक्वार्टर छाडेका छन् । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उनीहरु झिटीगुण्टा बोकेर भोलिपल्ट आफ्नै घर र डेरा सरेका हुन् । चन्दा चौधरी र अनिल झाहरु समाचार प्रभावकै कारण पुल्चोकबाट गएका थिए ।
सोमबार सर्वोच्च अदालतको फैसलाको कारण हिजोदेखि तीनजना मन्त्रीले पनि क्वार्टर छाडेको बताइन्छ । मंगलबार मध्यान्हतिर उनीहरु बिदावारी भएर गएका हुन् ।
अब क्वार्टरको बी ३ ब्लकमा राष्ट्रिय सभाको उपाध्यक्ष मात्र छन् । मंगलबारदेखि क्वार्टर छाडेका मन्त्रीहरुमा कानुनमन्त्री लीला श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र निर्माण तथा यातायात मन्त्री वसन्त नेम्वाङ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij